शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कमल दहमा डुबेर मृत्यु

फाइल तस्बिर

रुकुमपूर्व- रुकुमपूर्वमा रहेको कमल दहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।

आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक  प्रकाश डाँगीले जानकारी दिए ।

विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन् ।