मैत्रीपूर्ण खेलमा युनाइटेड र भिल्ला बराबरीमा

काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेडर एस्टन भिल्लाले बराबरी खेलेका छन् । अष्ट्रेलियाको वेस्टर्न अष्ट्रेलियामा रहेको ओप्टस स्टेडियममा शनिबार भएको खेलमा युनाइटेड र भिल्लाले २-२ गोलको बराबरी खेलेका हुन् ।
युनाइटेडका लागि जोडोन सान्चोले एक गोल गर्दा भिल्लाका म्याटी कासले आत्मघाती गोल गरेका थिए । यता भिल्लाका लागि लियोन बेली र कालुम चामबर्सले एक-एक गोल गरेका थिए ।
जोडोन सान्चोले २५ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । भिल्लाका म्याटी कासले ४२ औँ मिनेटमा गरेको आत्मघाती गोलको मदतमा युनाइटेडले २-० को अग्रता लिएको थियो ।
तर भिल्लाले दोस्रो हाफमा दुई गोल गर्दै खेललाई बराबरीमा पुर्याए । भिल्लाका लियोन बेलीले ४९ औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि भिल्लाका कालुम चामबर्सले इन्जुरी समयमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया