युनाइटेडसँग सम्झौता नवीकरण गर्न तयार छुः गोलरक्षक डेभिड
काठमाडौँ – गोलरक्षक डेभिड डी जियाले म्यानचेस्टर युनाइटेडमै रहने तथा क्लबलाई उपाधि दिलाउने चाहना रहेको बताएका छन् । २०२३ को जुन महिनामा डेभिडको युनाइटेडसँगको सम्झौता अन्त्य हुने रोयटर्सले जनाएको छ ।
तर डेभिडले आफू युनाइटेडमै बस्न चाहेको बताएका छन् । डेभिड सन् २०११ मा स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट युनाइटेड आएका थिए । स्पेनिस खेलाडी डेभिडले आफू युनाटेडसँग थप सम्झौता गर्न खुल्ला रहेको बताए ।
उनले युनाइटेड छाड्नुअघि क्लबका लागि उपाधि जित्ने अपेक्षा रहेको जनाए । तर उनले युनाइटेडसँग नयाँ सम्झौताका लागि छलफल गर्न बाँकी रहेको बताए ।
गत सिजन युनाइडेटका लागि एकदमै खराब रह्यो इंग्लिस प्रिमियर लिगमा छैटौं भएपछि च्याम्पियन्स लिगमा समेत छनोट हुन असमर्थ रह्यो । यसका साथै अन्य कुनै उपाधि समेत जित्न सकेन ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया