बीपीकी श्रीमती सुशीला : किन बीपीलाई प्रधानमन्त्री हुनबाट रोक्थिन् ?

काठमाडाैँ- नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी पत्नी सुशीला एक अपवाद हुन् जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाइन् ।
तर, पनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप उनले गरिनन् । बरु दुई तिहाई बहुमत प्राप्त दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका आफ्ना पति बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसनसमेत बसिन् । अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन् ।
बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका र प्रभाव रहेको विश्लेषण भइरहेको समयमा वास्तवमा बीपीको जीवनमा श्रीमती सुशीलाको कस्तो प्रभाव थियो ? भनेर छोरा प्रकाश कोइराला र काँग्रेसका पुराना नेता केशवनन्द जोशीलाई सोध्यौ ।
नेता जोशीले राजासँग सुवर्ण समशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताए । उनले बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि बताए । सुवर्ण समशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका जोशीको बुझाई पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको उनले सुनाए ।
‘मैले सुनेअनुसार सुशीला भाउजुले बीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ ।’ नेता जोशीले भने ।
त्यस्तै तत्कालीन समयमा नेपाली काँग्रेस पार्टीले दुई तिहाईका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा बीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोइरालाले बताए । उनले पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा उनले कोइराला परिवारबाट नै गाली खाएको सुनाए ।
‘आमाको प्रधानमन्त्री नबन्ने प्रस्ताव कोइराला परिवार कसैलाई चित्त बुझेको थिएन,’ उनले भने । बीपीले आमाका सबै कुरा सुन्ने गरेपनि निर्णय आफ्नै लिने गरेको बताए । उनले प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिवद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम गरेको बताए।
‘बीपीलाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो,’ उनी थप्छन्, ‘त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म बीपीले जतिपनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो ।’
त्यतिबेला एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो अर्कोतिर नेपाली काँग्रेस भित्रैबाट पनि बीपीलाई असहयोग हुने गाईंगुईं चलेको थियो । ‘त्यसैले मेरो आमाले पटकपटक बाबालाई तपाई प्रधानमन्त्रीमा दाबी नगर्नुस् । सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो,’ उनले भने ।
अन्तिममा बीपीले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिएका हुन् ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया