बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जा निरन्तरता

काठमाडौँ - नेपाल राष्ट्र बैंकले कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनरकर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता दिइने जनाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा सो सम्बन्धि व्यवस्थालाई निरन्तरता दिएको हो । 

पुनर्कर्जा सुविधालाई क्रमशः कम गर्दै २०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराबर हुने गरी उपलब्ध गराउने सो नीतिमा उल्लेख रहेको छ ।  आर्थिक वर्ष २०७९/८०को बजेट वक्तव्यमा उल्लिखित सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यक्रमहरु नेपाल सरकारबाट स्वीकृत कार्यविधि बमोजिम कार्यान्वयन मौद्रिक नीतिमा उल्लेख गरिनेछ। 

उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा, सहुलियतपूर्ण कर्जा, विपन्न वर्ग कर्जालगायतका तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने कार्यक्रमहरुको सदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन गरिनेछ ।  स्टार्ट-अप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरुपहरु जस्तै Peer-to-Peer Lending, Crowdfunding सम्बन्धमा अध्ययन गरिने उल्लेख छ ।