शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

थप ४ सय ५६ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ४ सय ५६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परीक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।