साफ खेल्न नेपाली यू-२० टिम भारत जाँदै

काठमाडौँ – साफ यू-२० च्याम्पयनसीपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । भारतमा हुने प्रतियोगिताका लागि टिमलाई शुक्रबार बिदाइ गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । टोली शुक्रबार नै भारत प्रस्थान गर्ने छ ।
प्रतियोगितामा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय टिम घोषणा गरेका थिए । नेपालको कप्तानी आयुष घलानले गर्ने छन् ।
प्रतियोगिता भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ देखि अगस्ट ५ सम्म आयोजना हुनेछ ।
नेपालले पहिलो खेल माल्दिभ्सविरुद्ध जुलाई २५ खेल्नेछ भने दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । नेपालले तेस्रो खेल आयोजक भारतसँग जुलाई ३१ तथा अन्तिम खेल बंगलादेशविरुद्ध अगस्ट २ मा खेल्ने तालिका रहेको छ । राउन्डरोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल अगस्ट ५ मा हुनेछ ।
नेपाली टोली :
गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया