बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

मानेलाई फुटबलर अफ द इयर अवार्ड

काठमाडौँ – सेनेगल फुटबल टिमका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ द इयरको अवार्ड जितेका छन् । मोरक्कोको राजधानी रवातमा भएको कन्फेडेरेसन अफ अफ्रिकन फुटबल अवार्डका क्रममा मानेले फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् ।

मानेले सेनेगललाई यसै वर्ष भएको अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाउन इजिप्टविरुद्ध निर्णायक पेनाल्टी प्रहार गरेका थिए । सेनेगलका लागि यो पहिलो उपाधि समेत थियो ।

मानेले आफ्नै टिमका गोलरक्षक इडोआर्ड मेन्डी र इजिप्टका सालाहलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् । मानेले सेनेगललाई यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा समेत पुर्‍याएका छन् ।