एकैदिन थपिए विश्वभर ८ लाख बढी कोभिड संक्रमित

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा विश्वमा कोभिडका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोभिडका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोभिड संक्रमित थिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् ।
यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् ।
बितेको चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र अष्ट्रेलियामा ८९ जना रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया