शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

खोलाले बगाउँदा एक बेपत्ता

फाइल तस्बिर

मान्म- कालिकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका-७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।

थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पुर्‍याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उहाँको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए ।