मेलम्ची पानी वितरणका लागि संरचना तयार

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भएपछि त्यसबाट काठमाडौं आउने पानी वितरणका लागि मेलम्ची खानेपानीको १७ करोड लिटर पानी आपूर्ति गर्न सकिने गरी थोक वितरण प्रणाली र वितरण सञ्जाल तयार भएको छ । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले एक हजार एक सय २५ किलोमिटर वितरण सञ्जाल सुधार गरिसकेको छ भने ७६ किलोमिटर थोक वितरण प्रणाली (बीडीएस) सम्पन्न गरेको छ ।
पीआईडी प्रमुख कमलराज श्रेष्ठका अनुसार हालसम्म भोलि मेलम्ची आइसकेपछि परीक्षण (टेस्टिङ-कमिसनिङ) गर्दा चुहावट देखेर मर्मत गर्नु पर्दाका अवस्थामा बाहेक अब मेलम्ची उपआयोजनाले दोहोर्याएर पाइप विस्तार कार्य गर्ने छैन । मेलम्चीको दोस्रो चरण (याङ्गी र लार्के) लाई पनि जोडेपछि थप ३४ करोड लिटर पानी सुन्दरीजलमा आउने भएपछि पुनः एकपटक पाइपका लागि सडक खन्नुपर्ने श्रेष्ठले बताए । ‘बागमती पुलदेखि चाबहिल चोकसम्म एकपटक खानेपानी प्रसारण पाइप खन्नुपर्ने हुन्छ, त्यो भनेको दुई तीन वर्षपछिको कुरा हो,’ उनले भने, ‘नयाँ एउटा प्रसारण पाइप र मर्मतबाहेक अब मेलम्चीले पुनः सडक खन्ने छैन ।’
११२५ किलोमिटर वितरण सञ्जाल सुधार
निर्देशनालयले हालको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) वितरण क्षेत्रमा खानेपानीको पूर्वाधार सुधार र विस्तार गर्ने कार्य तीव्र रुपमा अघि बढारहेको पनि श्रेष्ठले जानकारी दिए । ‘मेलम्चीको पहिलो चरणमा आउने पानी (दैनिक १७ करोड लिटर) वितरण गर्न पुग्ने गरी पूर्वाधार तयार भएको छ,’ श्रेष्ठले इकागजसँग भने, ‘मेलम्चीका अरु दुई चरण (याङ्ग्री र लार्के समेत गरी कूल दैनिक ५१ करोड लिटर) का पूर्वाधार क्रमशः निर्माण गर्दै जाने लक्ष्य छ ।’ पहिलो चरणको दैनिक १७ करोड लिटर खानेपानी उपत्यकामा ल्याउन तयारीसँगै २०६९ सालदेखि पीआइडी कार्यान्वयनमा आएको हो । श्रेष्ठका अनुसार पूर्ण मेलम्चीपछि करिब डेढ दशकभित्र ५१ करोड लिटर पानी वितरणको सञ्जाल तयार भइसक्नेछ ।
एसियाली विकास बैंकको ऋणमा थालिएको थोक तथा वितरण प्रणाली सञ्जाल सुधार अन्तर्गत हालसम्म १९ करोड ८७ लाख अमेरिकी डलर खर्च भइसकेको श्रेष्ठले जानकारी दिए । एडीबीले उपत्यकाको खानेपानी सुधार आयोजनाका लागि २६ करोड ५० लाख अमेरिकी डलर ऋण दिएको छ ।
७६ किलोमिटर थोक वितरण प्रणाली सम्पन्न
निर्देशनालयका अनुसार वितरण प्रणाली अन्तर्गत हालसम्म ७४ हजार पाँच सय घन मिटरको १० वटा पानी ट्यांकी निर्माण भइसकेका छन् । यसमध्ये आरुबारी (आठ हजार पाँच सय घन मिटर), महांकाल चौर (आठहजार पाँच सय), बाँसबारी (नौ हजार पाँच सय), पानीपोखरी (सात हजार पाँच सय), खुमलटार २ वटा, १९ हजार घन मिटर), बालाजु (सात हजार), कीर्तिपुर (६ हजार), टिंगेनी (तीन हजार) र कटुञ्जे (६ हजार घनमिटर) निर्माण भएका छन् । यसमध्ये कटुञ्जेबाहेक नौवटाको निर्माण तथा परीक्षण नै सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।
'यही हिउँदमा मेलम्चीको पानी'
यसबाहेक भल्ब च्याम्बर, एयर भल्ब च्याम्बर, बास आउट, वितरण च्याम्बर आदि गरी ९८ प्रतिशत पूरा भएको निर्देशनाले जनाएको छ । सम्पन्न भएकामध्ये एक लाख १२ हजार दुई सय ५५ वटा घरायसी धारा जाडन भइसकेका छन् । धारा जडानमध्ये ७५ प्रतिशत पूरा भएको र मिटर जडान गर्न बाँकी रहेको श्रेष्ठले बताए ।
वितरण सञ्जाल तयार भएका ठाउँमा हाल ट्यांकरबाट पानी भरेर सम्भव हुने स्थानहरुमा चुहावट परीक्षण तथा अल्पकालीन परीक्षण भइरहेको उनले जानकारी दिए । त्यसबाहेक तेस्रो पक्ष (सडक, महानगर र विद्युत् प्राधिकरण) बाट क्षति भएका पाइपलाइन परीक्षण तथा पुनःस्थापना, भल्ब चेम्बर सmाइ तथा लेबल उठाउने कार्य भइरहेको पनि श्रेष्ठले बताए ।
याङ्ग्री र लार्के नआउञ्जेलसम्म अब सडक नखन्ने
मेलम्ची खानेपानी आयोजनाले यही हिउँदयाममा मेलम्चीको पानी उपत्यका आइसक्ने जनाइसकेको छ । मेलम्चीको पानी आउनासाथ हाल बनिसकेका थोक वितरण प्रणाली र पानी पोखरीहरुको निर्मलीकरण गरिने र यसका लागि बढीमा दुई साता लाग्ने श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार केयूकेएलको मौजुदा खानेपानी वितरण प्रणालीको उपयोग गरी मुख्य मुख्य क्षेत्रमा खानेपानी वितरण पनि मेलम्ची आएलगत्तै हुनेछ । यसका लागि आवश्यक संयन्त्र र जडान (इन्टरकनेक्सन) गरिसकिएको उनले बताए । हाल केयूकेएलले मौजुदा प्रणालीबाट महांकाल, पानीपोखरी, बाँसबारी, बालाजु, अनामनगर, मीन भवन, पानी पोखरीमार्पmत सेवा लिइरहेका क्षेत्रहरुमा निर्देशनालयले सेवा पुर्याउन लागेको हो ।
अब पाइप खन्नु नपर्ने
‘ललितपुर क्षेत्रका लागि भने नयाँ बनेको खुमलटार पानी पोखरीहरुबाट पुरानै वितरण प्रणालीमार्पmत चक्रपथभित्र पर्नैे क्षेत्रमा वितरण गर्न आवश्यक पर्ने जडान सकिएको र संयन्त्रहरु तयारी अवस्थामा छन्,’ श्रेष्ठले भने, ‘नयाँ वितरण प्रणालीको क्रमशः परीक्षण सम्पन्न गर्दै पुरानो प्रणाली बन्दै गर्दै लैजानेछौं ।’
पुरानो वितरण प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण गर्ने र परीक्षण गर्ने कार्य ७६ देखि १० महिनामा सम्पन्न हुने निर्देशनालयको अपेक्षा छ । ‘मेलम्ची हिमनदी भएकाले यसको पानी स्वाद लिन सबैले पाउने गरी हामी काम गर्दैछौं,’ श्रेष्ठको भनाइ थियो ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया