प्रदेश १ को नाम किरात प्रदेश राख्न किरात राई यायोक्खाकाे माग

खोटाङ- किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम 'किरात प्रदेश' राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकरण पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।
यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।
यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया