९ दिन पछि सेयर बजार घट्यो, ६ अंकको गिरावट

काठमाडौँ – साताको पाँचौ कारोबारमा सेयर बजार परिसूचक ६ अंक घटेको छ । बिहीवार बजार परिसूचक ५.८७ अंक घटेको हो । साताको पहिलो कारोबारबाट निरन्तर बढेको बजार पाँचौ कारोबारको दिनमा आएर ६ अंक घट्न पुगेको हो ।
बजार परिसूचक ०.२९ प्रतिशतले घटेर २०४४.७२ अंकमा झरेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्से६भ इन्डेक्स ०.८६ प्रतिशतले घटेर ३९१.६४ अंकमा ओर्लिएको छ।
आज कारोबार रकम पनि घटेको छ। २२५ कम्पनीहरूको बजार १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर २७ हजार ५२२ पटकमा खरिद बिक्री भएको थियो ।
घट्दो बजारमा ४७ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ। उप- सूमहतर्फ बैंकिङ र अन्य समूह बढ्दा बाँकी ११ समूहको सेयर मूल्य घटेको छ ।
सेन्ट्रल फाइनान्स, जन उत्थान सामूदायिक लघुवित्त, ग्लोबल आइएमई डिबेन्चर, नेशनल माइक्रो फाइनान्स, गुँरास लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया