सेयर बजार सुधारका लागि चेम्बरको नीतिगत सुझाव

काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैँक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो । पुँजीबजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझावहरू पेश गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धरासायी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गरिएको अध्यक्ष मल्लको भनाइ छ । धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरि अन्तराष्ट्रिय स्तरमा प्रचलनमा रहे बमोजिम विभिन्न कोषहरू सञ्चालनका लागि कर सम्वन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।
धितोपत्रका विभिन्न औजारहरू कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्वितले लिइने व्यवस्था गरि धितोपत्र औजारको विविधिकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बर अफ कमर्सले नेपाल राष्ट्रबैँकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजीबजारलाई सम्वोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए । चेम्बरले धितोपत्र बोर्डलाई छुट्टै १० बुँदे सुझाव समेत पेश गरेको छ । अन्तराष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्वन्धित सम्पुर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ ।
धितोपत्र बजारका पूर्वाधारहरूको उचित व्यवस्था गरि अन्तराष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरू जारी गर्न सक्ने व्यवस्था तत्काल गर्न समेत चेम्बरले धितोपत्र बोर्ड समक्ष आग्रह गरेको छ ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया