दीपाश्रीसँग नाच्दै प्रेमराजाले ल्याए लोकगीत

काठमाडौँ - ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउचुलीमा हिउँ, विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताए ।
दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।
ट्रि इन्टरटेन्मेन्टले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महतले पनि अब आफू गीतसंगीतमा सक्रिय रुपमा लाग्ने बताएका थिए ।
उनले, यो गीत कोर्दा एक मोहरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको बताए । यो गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्ने उनको भनाइ थियो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया