शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ६ जना नर्ससहित २० स्वास्थ्यकर्मी

काठमाडौँ- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ६ जना स्टाफ नर्ससहित २० स्वास्थ्यकर्मीको माग गरेको छ । केन्द्रले २१ दिन भित्रमा इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो ।
समय नाघेर र रीत नपुर्याएको निवेदनलाई केन्द्रले नलिने प्रस्ट पारेको छ ।
केन्द्रका अनुसार रजिष्ट्रार रेडियोलोजी १, रजिष्ट्रार प्याथोलोजी १, मेडिकल अधिकृत ६, हेल्थ केयर म्यानेजमेन्ट अधिकृत १, असिष्टेन्ट फर्मासिष्ट २, ल्याब असिष्टेन्ट २, स्टाफ नर्स ६ र एनेस्थेसिया असिष्टेन्ट १ जनाको माग गरिएको हो ।
दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा वा www.hotc.org.np मा हेर्न सकिने केन्द्रले जनाएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया