संसदीय समितिले भोलि निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने

काठमाडौँ - संसदीय छानबिन विशेष समितिले बिहीवार निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठ सम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए ।
सचिव अर्यालले भने,‘ संसदीय छानबिन समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । संसदले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ । समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ । तर समितिले निर्णय भने गरेको छैन ।’
सचिव अर्यालले छानबिनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए । उनले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताए । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया