बर्मामा मारिनेको संख्या ५६८ पुग्यो, सैन्य दमनको क्रुर रूप

काठमाडौँ : राष्ट्रसंघीय मानव अधिकार आयोगले बर्मामा जारी सैन्य सरकारको दमनबाट ५ सय ६८ नागरिकले ज्यान गुमाउन परेको जनाएको छ । गत फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासन सत्ता लिएपछि युवाहरू सडकमा उत्रेर जुन्ता शासकको विराेध गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघ महासचिवको कार्यालयबाट जारी गरेको विज्ञप्तिमा यो साता मात्र १८ जनताले ज्यान गुमाएको उल्लेख छ । बर्माको सैन्य जुन्ता सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि उल्लेख छ।
यो अवधिमा अधिकांश कलिला युवाको ज्यान गएको छ । बर्मामा निर्वाचित सरकार संसदबाट अनुमोदित हुने दिन सेनाले ‘कू’ गरेर शासन सत्ता पुनः आफ्नो हातमा लिएको थियो । सेनाले प्रजातन्त्रवादी नेता आङ सान सूकीलाई नजरबन्दमा राखेको छ । जुन्ता शासकले हिरासतमा नै आफ्ना नागरिकको हत्या गरेको छ ।
बर्माको म्यात चे सहरमा आन्दोलनका क्रममा पक्राउ परेका दुई आन्दोलनकारी प्रहरी हिरासतमा नै मारिएकाे पनि उल्लेख गरिएको छ । पक्राउ परेको भोलिपल्ट उनीहरूलाई पाकोकु सैन्य अस्पतालमा छोडिएको भए पनि रिपोर्ट आउँदा चारमध्ये दुई जनाको निधन भइसकेको थियो। बर्मेली शासककाे क्रुर रूप प्रदर्शन गरेकाे पनि राष्ट्रसंघको धारणा छ ।
तर, अझै पनि बर्मा सैन्य ‘कू’ को विरोध हुन छोडेको छैन भने सरकारले पनि प्रदर्शनकारीको हत्या गर्न छाडेको छैन । ‘कू’ भएयता ५ सय ५६ प्रदर्शनकारीको त गोली लागेर नै ज्यान गएको उल्लेख भने अन्य भने सैन्य हिरासत र पिटाईको कारण ज्यान गुमेको छ।
राजधानी नेपिडो, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरिरहेका छन्। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं बर्मेलीहरू स्वस्फूर्त सडकमा उत्रेका छन् । जुन्ता शासकले आफ्नै नागरिकलाई हवाई आक्रमण समेत गरेका छन् । आम नागरिक ओडारमा बस्न पर्ने बाध्यता समेत निम्त्याईदिएका छन् कैयन नागरिक घर छाडेर ओडारमा बसेका छन् । कैयन मानिसहरू छिमेकी मुलुक थाइल्याण्ड समेत गइरहेका छन् ।

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

प्रतिक्रिया