तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे
सुर्खेत - नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथि उनले कुटपिट गरेका हुन् ।
गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कुटपिट गरेको शाहको आरोप छ । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।
उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् । आफू गरेको कामको मूल्यांकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया