मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । दासानायकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।
स्कटल्यान्डको भ्रमण सकेर नेपाल आएका लगतै दासानायकेले राजीनामा दिएका हुन् । नेपालले अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा पुर्याउन असफल रहेका दासानायकको प्रशिक्षणमा नेपाली टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा समेत खराब प्रदर्शन गर्दै आएको थियो ।
उनको प्रशिक्षणमा नेपालले लिग-२ मा १२ खेल खेल्दा केवल ४ खेलमा जित तथा ७ खेलमा पराजय भोगेको थियो । एक खेल बराबरीमा टुंगिएको थियो ।
पहिलो कार्यकालमा सफल मानिएका दासानायकेले दोस्रो कार्यकालमा भने एक वर्ष पुरा नहुदै राजीनामा दिएका हुन् । गत मंसिर महिनामा नेपाल क्रिकेट संघ क्यानले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया