सफिकले १६० रन जोड्दा श्रीलंकामाथि पाकिस्तानको जित
काठमाडौँ- पाकिस्तानले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेल ४ विकेटले जितेको छ । जितसँगै दुई खेलको सिरिजमा पाहुना टोली पाकिस्तानले १-० को अग्रता बनाएको छ ।
जितका लागि चाहिएको ३ सय ४२ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानलाई जित दिलाउन दोस्रो इनिङ्समा अब्दुल्लाह सफिकले अविजित १ सय ६० रनको योगदान गरे । कप्तान बाबर आजमले ५५ रन जोडे । श्रीलंकाका प्रभात जयसुर्याले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा २ सय २२ रन जोडेको थियो । उसका लागि दिनेश चन्डिमलले सर्वाधिक ७६ रन बनाए । पाकिस्तानका सहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे ।
जवाफमा पाकिस्तानले पहिलो इनिङ्समा २ सय १८ रन मात्र जोडेको थियो । जसमा कप्तान बाबर आजमले १ सय १९ रनको योगदान गरेका थिए । श्रीलंकाका प्रभात जयसुर्याले ५ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा भने श्रीलंकाले ३ सय ३७ रन जोडेपछि पाकिस्तानले ३ सय ४२ रनको लक्ष्य पाएको थियो । श्रीलंकाका लागि दिनेश चन्डिमलले अविजित ९४ तथा कुशल मेन्डिसले ६४ रनको योगदान गरेका थिए । पाकिस्तानका मोहम्मद नवाजले सर्वाधिक ५ विकेट लिएका थिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया