५ अंक बढेर २०५० मा नेप्से परिसूचक

काठमाडौँ - साताको चौथो कारोबारको दिन सेयर बजार परिसूचक ५ अंक बढेको छ । बुधवारको कारोबार बन्द हुँदा परिसूचक ४.८९ अंक बढेर बजार बन्द भएको हो ।
सुरुवात देखिनै तीव्र उतार चढाव देखिएको बजार अन्त्यमा सकारात्मक भएको थियो । मंगलवारको कारोबारमा १६ अंक बढेर २०४५.६३ अंकमा उक्लिएको बजार परिसूचक आज ५ अंक बढ्दा २०५०.५९ मा पुगेको छ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स ०.९७ अंक बढेको छ ।
सामान्य अंकले बजार बढ्दा आज कारोबार रकम भने घटेको छ । आज २१५ कम्पनीको १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर २९ हजार ८६ पटकमा खरिद बिक्री भएको थियो ।
बढ्दो बजारमा बुधवार कारोबार भएका ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ। उप समूहतर्फ विकास बैंक, फाइनान्स, निर्जीवन बीमा ,म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, अन्य, माइक्रो फाइनान्स, म्यचुअल फण्ड, तथा लगानी समूहको सेयर मूल्य बढेको छ भने बाँकी समूहको सेयर मूल्य घटेको छ ।
आज उच्च कारोबार कम्पनीहरूमा मल्टी प्रपोज फाइनान्स, कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, गुर्खाज फाइनान्स लगायतका रहेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया