शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप: सुदूरपश्‍चिमको तेस्रो जित

काठमाडौँ: ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा बुधबार सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई पराजित गरेको छ । प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले ललितपुरलाई आठ विकटेले हरायो । 

यससँगै सुदूरपश्चिम चार खेलबाट छ अंक बनाउँदै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा अपराजित रहेको सशस्त्र प्रहरीको एपीएफ क्लब रनरेटका आधारमा पहिलो स्थानमा छ । एपीएफले सुदूरपशिचमको भन्दा एक कम खेल खेलेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जित्दै ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७२ रन बनायो । उता सुदूरपश्चिमले १२.३ ओभरमा दुई विकेट गुमाउँदै ७५ रन बनायो । 

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै, कप्तान नेरी थापाले ११ रन जोडिन् । बाँकी कुनै पनि ब्याट्सवुमनले दोेहोरो अंक जोड्न सकेनन् । 
सुदूरपश्चिमका लागि लक्ष्मी साउद र रितु कनौजियाले धारिलो बलिङ गरे । लक्ष्मीले १७ रन खर्चेर चार विकेट लिइन् । त्यसैगरी, रितुले १४ को क्षतिमा तीन विकेट लिइन् । सुनिता लुहार र कविता जोशीले एक–एक विकेट थपे । 

विजयी टिमका लागि ओपनरद्वय मन्ज बोकटी र रेवती धामीले क्रमशः २६ र १७ रन बनाए । त्यसैगरी, विन्दु रावलले अविजित १७ रन बनाइन् । उता किर्तिका मरासिनीले लुमिबनीका लागि दुई विकेट लिइन् ।