नेपालबाट पहिलो पटक भारतमा छड निर्यात

काठमाडौँ - श्रीस्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । यससंगै सिमेन्टपछि छडको पनि भारत निर्यात सुरु भएको छ । श्री स्टिल्सले निर्यातको उद्घाटन गर्दै १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो ।
श्रीस्टील प्रालिका सन्चालक राजेश अग्रवालले पहिलोपटक छड भारत निर्यात गरिएको बताउदै आगामी दिनमा माग अनुसार निर्यात गर्दै जाने जानकारी दिए ।
तीन अर्ब लगानी रहेको उद्योगले बार्षिक १५ लाख मेट्रीक टन निर्यात गर्ने क्षमता रहेको बताउँदै अग्रवालले केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्रीस्टील्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको अग्रवालले बताए ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया