परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा तोडफोड

मकवानपुर - हेटौंडास्थित हेटौंडा क्यापसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले क्पाम्पसमा तोडफोड गरेका हुन् ।
विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालासमेत लगाएका छन्।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दुर्व्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका हुन्।
परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आारेप छ ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया