इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको शानदार जित
काठमाडौँ – दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ । मंगलबार राति भएको पहिलो खेल पाहुना टोली दक्षिण अफ्रिकाले ६२ रनले जित्दै सिरिजमा अग्रता बनाएको हो ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४६ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७१ रनमा समेटिएपछि खेल दक्षिण अफ्रिकाले जित्यो ।
इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ८६ तथा जोनी बेरस्टोले ६३ रन जोडे । दक्षिण अफ्रीकी बलर एनरिच नगिडीले सर्वाधिक ४ तथा तवर्ज सम्सी र एइडेन मार्करामले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि रासी भान डेर डुसेनले सर्वाधिक १ सय ३४ तथा एइडेन मार्करामले ७७ रनकाव योगदान गरे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया