मोरङमा पुँजीगत खर्च ८५ प्रतिशत

विराटनगर- आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल पुँजीगत खर्च ५७ प्रतिशतमात्रै रहँदा मोरङ जिल्लाको पुँजीगत खर्च भने ८५ प्रतिशत भएको छ ।
पुँजीगततर्फ ६ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५ अर्ब ५१ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । पुँजीगत खर्चमध्ये असार महिनाको खर्च भने ३३ प्रतिशत अर्थात १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
संघीय सरकारले मोरङ जिल्लाका लागि वार्षिक बजेट अन्तर्गत चालू र पुँजीगत गरी ४२ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसको ९६ प्रतिशत अर्थात ४० अर्ब ९२ करोड रुपैयाँ खर्च भएको कोलेनिका विराटनगरका प्रमुख कोष नियन्त्रक किशोरकुमार बरालले बताए । चालूतर्फ ३६ अर्ब ९ करोड बजेट मध्ये ३५ अर्ब ४१ करोड खर्च भएको उनले जानकारी दिए ।
चालू खर्च मध्ये प्रदेश १ मा संघीय सरकारबाट शसर्त, पुँजीगत, विशेष र समपूरक अनुदानतर्फ कूल १८ अर्ब प्राप्त भएकोमा १७ वटा स्थानीय तहलाई ९ अर्ब रुपैयाँ हस्तान्तरण भएको छ । चालू खर्च अन्तर्गत नै सामाजिक सुरक्षा भत्तातर्फ ३ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक बरालले बताए ।
आव २०७८/७९ मा मोरङमा ५२ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको हो । जसमध्ये विराटनगर भन्सारले ४० अर्ब ४२ करोड र आन्तरिक राजस्व कार्यालय विराटनगरले ८ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया