दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेख जोड्ने सडकमा टाइम कार्ड लागु गरिएको छ । उक्त सडक खण्डमा दुर्घटना बढ्न थालेपछि टाइम कार्ड लागु गरिएको हाे ।
सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागु गरिको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद शाहले बताए । नारायण नगरपालिका-१ स्थित दैलेख-सुर्खेत सडक खण्डको अस्थायी बस बिसौनीमा एक कार्यक्रमबीच चालक र सहचालकहरूलाई टाइम कार्ड वितरण गरी कार्यान्वयनमा ल्याइएको हो ।
संविधान सभा सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री अम्मरबहादुर थापा, नारायण नगरपालिका प्रमुख लोमन शर्मा र प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायतको सहभागितामा टाइम कार्डको नियम शुभारम्भ गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले टाइम कार्ड नियम लागु गरिएको डिएसपी शाहको भनाइ छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया