पोखरा महानगरले अनाधिकृत बनाइएका घरटहरा भत्कायो

पोखरा- पोखरा महानगरपालिका भित्र अनाधिकृत रूपमा निर्माण गरिएका घरटहरा भत्काउन सुरू गरेको छ । पोखराका मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा पोखरा ३३ का घरटहरा भत्काएको हो ।
विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको जानकारी महानगरका कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्माले दिए । उनका अनुसार पोखरा ३३ को दुई स्थानमा निर्माण गरिएका छाप्रा भत्काइएको हो । पोखरा ३३ दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा बनाइएका ३ छाप्रा भत्काइएको हो ।
पोखरा महानगरले सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत छाप्रा भत्काइएको हो । सार्वजनिक जमिनमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् । पोखराको अन्य क्षेत्रमा पनि अनाधिकृत रूपमा बनाइएका संरचना भत्काउँदै जाने महानगरको योजना छ ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया