काठमाडौँमा आजदेखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिइँदै

काठमाडौँ- आजदेखि १८ वर्षमाथि उमेर समूहका व्यक्तिलाई काठमाडौँमा कोभिड–१९ विरुद्धको खोपको बुस्टर डोज दिइँदैछ ।
जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिडविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म बुस्टर डोज दिइने भएको हो ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ। पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
दोस्रो डोज खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया