नेपालको आर्थिक वृद्धिदर २.९% रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

काठमाडौँः अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ र २०७९–८० मा क्रमशः ४.२ र ५.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण नेपाली अर्थतन्त्र १.९९ प्रतिशतले संकुचन भएको थियो ।
विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक, २०२१ अप्रिल) सार्वजनिक गर्दै आइएमएफले छिमेकी भारतको अर्थतन्त्र सन् २०२१ मा १२.५ प्रतिशत र चिनियाँ अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । सन् २०२० मा भारतीय अर्थतन्त्र ८ प्रतिशतले संकुचन भएको थियो भने चिनियाँ अर्थतन्त्रको विस्तार सन् १९९२ यताकै कम २.३ प्रतिशत मात्र भएको छ ।
आइएमएफले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशत संकुचन भएको आइएमएफको संशोधित अनुमान छ । सन् २०२० मा आइएमएफका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशहरूले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेका थिए ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

प्रतिक्रिया