भारत, बंगलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

झापा - पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकडभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ ।
निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ ।
काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बंगलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः रु १० अर्ब नौ करोड ९९ लाख र रु ७४ करोड ८६ लाख पुगेको छ ।
आव २०७८/०७९ मा रु १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बंगलादेशबाट आयात भएको थियो भने नेपालबाट रु ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
सोही अवधिमा भुटानबाट रु एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने रु ४५ करोड ६५ लाखका मात्र सामान निर्यात भएको थियो ।
बंगलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ । बंगलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ ।
बंगलादेशसँग नेपालले आव २०७७/०७८ मा रु छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा रु तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार व्यापार घाटा व्यहोरेको थियो ।

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

प्रतिक्रिया