आज देशभर थपिए ४५७ संक्रमित, १ को मृत्यु

काठमाडौँ- सोमबार कोभिड-१९ को कारण एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जनाको मृत्यु भएको हो ।
देशभरमा हालसम्म ११ हजार ९५४ जनाको कोभिड संक्रमणबाट मृत्यु भइसकेको छ ।
२४ घण्टामा देशभर ४ हजार ६५१ जनाको कोभिड परीक्षण गर्दा ४५७ जनामा कोभिड पुष्टि भएको हो ।
त्यसैगरी, ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६८ हजार ६४ जना संक्रमणमुक्त भइसकेका छन् ।
देशभर सक्रिय संक्रमित १ हजार ७७६ जना छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया