करार सेवा विवादमा गोली काण्ड : छानविन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा गएको शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोली काण्डको सत्य तथ्य बुझ्न छानविन समिति गठन गरिएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हाे । उक्त समितिले काम गर्नसमेत सुरुवात गरेको छ ।
समितिका सदस्यहरूमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभाग दैलेखका प्रमुख दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा तथा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापा सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।
समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरी सत्य तथ्य कुरा प्रतिवेदनमार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने छ । आन्दोलनरत कर्मचारी र प्रहरीबीच दोहोरो झडप भएको थियो । भीडलाई नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली चलाउँदा दुई जना कर्मचारी घाइते भएका थिए ।
उक्त घटनामा पाँच जना प्रहरीसमेत घाइते भएको बताइएको छ । प्रदर्शनकारीहरुले गाउँपालिकामा तोडफोड गरेका कारण पालिकाको भौतिक रुपमा समेत क्षति भएको गाउँपालिकाले जनाएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया