आजदेखि बालबालिकालाई लगाइने दोस्रो चरणको खोप कुन-कुन जिल्लामा लगाईंदैछ?

काठमाडौँ- बालबालिकाले कोभिड-१९ को दोस्रो चरणको खोप आजदेखि लगाइरहेका छन् । दोस्रो चरणको फाइजर खोप साउन २ देखि ८ गतेसम्म लगाउन पाउने भएका हुन् । यसअघि पहिलो चरणको खोप असार ९ देखि १५ गतेसम्म अभियान चलेको थियो ।
सोमबारदेखि सुरु भएको खोप अभियान प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी, मधेश प्रदेश सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्व ।
त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके,दाङ, बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने भएको हो ।
दोस्रो चरणको खोप कार्यक्रम भदौ ५ गतेदेखि ११ गतेसम्म हुने भएको छ । दोस्रो मात्रा भदौ २७ गतेबाट असोज १ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया