मदिरा सेवन गरी श्रीमानले तनाव दिएपछि श्रीमतीले नदीमा हामफालिन्

कञ्चनपुर - कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीय महिलाको आज उद्धार गरिएको छ । गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न र अर्धचेतन अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि वाणीस्थित अस्पतालमा भर्ना गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार महिला अहिले होसमा आइसकेकी छन् ।
उनका अनुसार महिलाका श्रीमान्ले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण महिलाले नदीमा हामफालेकी बताएकी छन् । उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया