दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

त्रिशूली- नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका-१ मा मिनी ट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका-६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।
जिल्लाको ककनी गाउँपालिका-१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको निधन भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिए । उहाँका अनुसार मिनी ट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनी ट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लिखु गाउँपालिका-६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको निधन भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए । उनको अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छहरेस्थित सडक छेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया