बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

पद बहाली गर्दै उपसभामुख भुसालले भनिन् - सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेछु

काठमाडौँ - उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण पश्चात भुसालले आजै सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पद बहाली गरेकी हुन् । 

पद बहाली गर्दै भुसालले आफूलाई थप जिम्मेवारी बढेको महसुस गरेको बताइन् । उनले भनिन्, `संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भुमिकामा म इमान्दारीपूर्वक कामकारवाही अगाडि बढाउनेछु, साथै सदनलाई पनि प्रभावकारी ढंगबाट अगाडि बढाउनेछु ।`