तिलाेत्तमामा उपमेयरले हाकिमलाई 'तँ' भनेपछि तनाव : धकेलाधकेल भएपछि नगरसभा स्थगित [भिडियाे]
जनप्रतिनिधिकाे नारा : 'कांग्रेस मुर्दावाद,कांग्रेसका हाकिम मुर्दावाद, राजीनामा दे'

बुटवल । रूपन्देहीको तिलाेत्तमाकाे चाैथाे नगरसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । ९० सदस्यीय जनप्रतिनिधि रहेकाे सभामा आइतबार ४२ जनाकाे मात्रै हाजिरी भएपछि पुन: स्थगित भएको हाे । बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् ।
अहिले उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । उपमेयर जागेश्वरी चाैधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दावाद,कांग्रेसका हाकिम मुर्दावाद, राजीनामा दे लगायतका नारा लगाएका हुन् । उपमेयर चाैधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् । बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खांण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।
यसअघि असार ३१ गते नगरसभाकाे बजेट पास गर्न बसेकाे बैठकमा उपमेयर चाैधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएकाे र गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हाे । बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिकाे पनि एजेन्डासँगै लैजान भनेपछि विवाद चुलिएको हाे । तिलाेत्तमाकाे कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतकाे दम्भ देखाउदै एकलाैटी गर्न खाेजेपछि शुरू देखिनै विवाद उत्पादन भएको हाे तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भाेलि बस्नेछ ।
भिडियाे : अनुज बज्राचार्य

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया