बधाई पाएको १८ महिनापछि विभूषित तस्बिरले सामाजिक सञ्जाल रंग्याउन पाउँदै
राष्ट्रपतिबाट ४५० जना विभूषित हुँदै

काठमाडौँ: विभूषण प्राप्तिका सूचीमा दर्ज पात्रहरूले बिर्सिसके होलान्, अठार महिनाअघि घोषित विभूषण । अठार महिनासम्म सम्झने स्थिति पनि हुन्न । त्यसमा पनि संविधान दिवस-२०७७ को संविधानका दिन अर्काे बाक्लो विभूषणको सूची पनि सार्वजनिक भइसकेको स्थिति छ ।
अठार महिनाअघि विभूषणको सूची सार्वनिक हुँदा तिनले बधाई त पाए, तर राष्ट्रपतिको हातबाट विभूषित भएको रंगीन तस्बिरले सामाजिक सञ्जाल रंग्याउन पाएका थिएनन् । अब तीन दिनपछि शितल निवासमा विभूषित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न पाउनेछन् ।
हाम्रो गृह मन्त्रालय चाहिँ अठार महिनाअघि घोषित विभूषण भर्खर वितरण गराउँदैछ, छ महिनाअघि असोज-२ मा घोषित २०७७ का ‘महानुभाव’हरूले कहिले पाउने ठेगान छैन ।
गृह मन्त्रालयका अनुसार, संविधान दिवस-२०७६ असोज ३ मा विभूषण निम्ति घोषित ‘महानुभाव’हरू यही चैत २७ गते विभूषित हुनेछन् । विभूषणका सूचीमा दर्ज पात्रहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विभूषित हुनेछन् ।
मन्त्रालयले राष्ट्रपतिबाट घोषित विभूषणमध्ये मानपदवी प्राप्त गर्ने ४ सय ५० जनालाई विभूषित गर्ने कार्यक्रम घोषणा गरेको छ । अठार महिनाअघिको संविधानका दिवसका दिन ६ सय ३३ जना विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया