धनगढीमा विशेषज्ञ वडा क्लिनिक सुरु

कैलाली । धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवाको शुभारम्भ भएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच सेवाको शुभारम्भ गरेका हुन्।
धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको शुभारम्भ गरिएको हो। धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ। यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने बताइएको छ।
धनगढीका नगरप्रमुख गोपाल हमालले यसअघि नै आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन्। यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ। उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया