पानी ट्यांकी फुटेर दुईको मृत्यु

बझाङ : बझाङको तलकोट गाउँपालिका-१ चौडामा सोमबार पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ । ५२ वर्षीय गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्यांकीमा पानी जम्मा गर्ने क्रममा पानी ट्यांकी फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्यांकी फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए ।
अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए ।
अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको बताए । पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन् । (रासस)

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

प्रतिक्रिया