आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची : पेट्रोल प्रतिलिटर १५ र डिजेल १६ रुपैयाँ घटेर आयो

काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ ।
सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो ।

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

प्रतिक्रिया