ठमेल पर्यटन विकास परिषद् अध्यक्षमा भविश्वर शर्मा विजयी

काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा ७७२ मत प्राप्त गरी शर्मा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव अधिकारीले ५६८ मत ल्याए।
निर्वाचनमा अधिकारीको पाँच जना सदस्य निर्वाचित भएका छन् । शर्माको अन्य सदस्यमा प्यानलै विजयी भएका हुन् ।
उपाध्यक्षमा गीता गुरुङ, सहदेव धमला र प्रश्रय राजभण्डारी विजयी भएका छन् । महासचिवमा राजिव पाण्डे विजयी र सचिवमा रामचन्द्र गिरी विजयी भएका हुन् ।
कोषाध्यक्षमा पुण्य राज लागेजु विजयी भएका हुन् ।
त्यसैगरी, सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेन्जीङ लामा र लालबाबु चौधरी विजयी भएका हुन् ।
निर्वाचनमा कुल मत १ हजार ३९७ मत खसेको थियो । परिषदको कुल मतदाताको संख्या १ हजार ५९९ रहेको छ ।

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_qCGb2glFaK_mkoo5nkyn56sjiwgyfl5yrr9i5vneu9qmhfcnawlw0bmordtkxssd0jxnodd.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

प्रतिक्रिया