बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ट्रक र स्कोरपियो ठोक्किँदा सात घाइते

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा ट्रक र स्कोरपियो एकआपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्  । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ  विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कोरपियोलाई ठक्कर दिँदा स्कोरपियोमा सवार चालकसहित सात घाइते भएका हुन् ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।