उपत्यकामा मात्रै कोभिड-१९ का २० हजार सक्रिय संक्रमित

काठमाडौँ : काठमाडौँ उपत्यकामा मात्रै अहिले कोभिड-१९ का सक्रिय संक्रमित छन् । अहिलेसम्म उपत्यकामा ९० हजारमा कोभिडको संक्रमण देखिएकोमा बाँकी भने निको भएर घर फर्किएका छन् ।
देशभर एक लाख ९७ हजार २४ सक्रमित हुँदा उपत्यकामा ९० हजार एक सय ५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । काठमाडौँ जिल्लामा ७३ हजार दुई सय तीन जना, भक्तपुरमा ६ हजार ५ सय ९८ जना र ललितपुरमा १० हजार ३ सय ५४ जनामा सक्रमण देखिएको छ । सोमबारमात्र उपत्यकामा एक हजार ४ सय २८ जनामा संक्रमण देखिएको छ ।
देशभर ३६ हजार १७४ सक्रिय संक्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३ सय ८४ जना छन् । काठमाडौँ जिल्लामा १५ हजार ९ सय ८२ जना, भक्तपुरमा एक हजार १ सय ४३ जना र ललितपुरमा दुई हजार २ सय ५९ जना सक्रिय संक्रमित छन ।
देशभर निको हुने एक लाख ५९ हजार ७ सय २४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३ सय ५६ जना छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९ सय ४६, भक्तपुरमा पाँच हजार ३ सय ८३ र ललितपुरमा आठ हजार २७ जना निको भएर घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभर एक हजार १ सय २६ जना संक्रमणबाट निधन भएको छ । त्यो मध्य ४ सय १५ जना उपत्यकाका हुन् । काठमाडौँ जिल्लामा २ सय ७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जनाको निधन भएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६ सय ५१ जना, भक्तपुरमा एक हजार ८ सय १४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा छन् ।
अहिले देशभर ३६ हजार १ सय ७४ सक्रिय सक्रमित छन् । उनीहरूमध्ये २९ हजार ८ सय ३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४ सय ११ जनाको सघन उपचार कक्ष (आईसीयू) र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ९ सय ६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ । (रासस)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया