हाइड्रोलिक लिकेज भएको न्यारोबडी उड्न थाल्यो

काठमाडौँ : हाइड्रोलिक लिकेज भएर बिग्रेको न्यारोबडी (कल साइन अल्फा किलो व्हिस्की- एकेडब्लू) ले भारतको नयाँ दिल्लीमा मर्मत गरेर ल्याएपछि आज मंगलबारदेखि उडान चालू गरेको छ ।
गत शनिबार नयाँ दिल्ली उडाएर लगिएको उक्त जहाज हिजो सोमबार ल्याइएको थयो । यसको नोज व्हिलमा हाइड्रोलिक लिकेज (टेक्निकल) देखिएको थियो । त्यसलाई मर्मत गर्ने पार्टपूजा निगमसँग नभएपछि दिल्ली लगिएको थियो । एकेडब्लू पनि बिग्रिएर थन्केपछि निगमको ७५ प्रतिशत उडान प्रभावित भएको थियो ।
निगम स्रोतका अनुसार बिग्रेको न्यारो बडी बनाएर ल्याएपछि दिल्ली र दुबईको मात्र नियमित उडान भइरहेको छ । मलेसिया, दोहा र हङकङका नियमित उडान भने प्रभावित भएका छन् ।
दिल्ली र दुबईमा क्वारेन्टाइन नभएकाले जाने र आउने दुवै प्रकारका यात्रुको संख्या उल्लेखनीय छ । चारवटै जहाज हुँदा दोहा पनि दैनिक थियो । ‘दुईवटा जहाज भएपछि उडान ५० प्रतिशत मात्र छ,’ स्रोतले भन्यो ।
एकेडब्लू जहाजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि चेक जाँच गर्दा नोज व्हिलमा हाइड्रोलिक लिकेज (टेक्निकल) देखियो । निगमको अर्को न्यारो बडी (अल्फा किलो एक्सरे- एकेएक्स) नियमित मर्मत सम्भार (सी चेक) का लागि गत शुक्रबार सिंगापुर गयो । यसको मर्मतका लागि करिब दुई साता लाग्ने अनुमान छ ।
त्यसैगरी गत महिनादेखि हार्डल्याण्डिङका कारण ग्राउन्डेड (थन्केको) भएको वाइडबडी (अल्फा लिमा जुलु- एएलजेड) को अझै मर्मत भएको छैन । मर्मतका लागि निगमले प्रक्रिया थालेको छ । अर्काे वाइडबडी (अल्फा लिमा यांङ्की- एएलवाई) र एकेडब्लूले ५० प्रतिशत मात्र अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

प्रतिक्रिया