शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

स्वास्थ्यमन्त्रीकाे दाबी : नेपालमा उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन

काठमाडौँ- स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले नेपालमा उपचार नपाएर कोहीको पनि ज्यान जाने अवस्था आउन नदिने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा सिद्धिश्वरमान अक्षयलोक साहित्यिक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधारमा विकास हुँदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन् ।

उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सवै प्रकारको तयारीमा सरकार जुटेको जानकारी दिएका छन् । भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणलाई प्रभावकारी बनाइने उनले जिकिर गरे । उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भएपनि अब त्यस्तो नहुने धारणा राखे ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।