गण्डकीमा कोभिड-१९ रोकथामका लागि २५ करोड खर्च

पोखरा : विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ नियन्त्रणका लागि गण्डकी प्रदेशमा २५ करोड २६ लाख २३ हजार तीन सय ३६ रुपैँया खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड-१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिए ।
डा. केसीले प्रदेशमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको बताए । त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका लागि एक करोड ५३ लाख उपलब्ध गराइएको उनले बताए ।
उनले कोभिड-१९ का लागि प्रदेशका जिल्लामा आइसोलेसन, पीसीआर मेसिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरिदका लागि रकम खर्च भएको जानकारी दिए । प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उनको भनाइ छ ।
गण्डकी प्रदेशमा सबै भन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा ४२.९६ प्रतिशत संक्रमित छन् । त्यसपछि नवलपरासीपूर्व, तनहुँ, बागलुङ, गोर्खा, स्याङ्जा, पर्वत, लमजङु म्याग्दी छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।
महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले एक सय चार शै्ययामा अक्सिजन पाइप जडान सुरु गरिएको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि १९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन् । (रासस)
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_beHf2R2zal_4uuebmgzctxqhtkq6ioc4wmxaeqfql6qwl3hdgynscjsk4p2a7v6sjrwsfnn.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया