शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

फोक्सोको क्यान्सर हुँदा कस्ता-कस्ता लक्षण देखिन्छन् ?

प्रतिकात्मक तस्बिर

काठमाडौँ- फोक्सोको क्यान्सर समस्याको रूपमा देखा परेको छ । क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । धुमपान गर्नेमा फोक्सोको क्यान्सर हुने अधिक सम्भावना हुन्छ । मुख्यगरी धुवाँले फोक्सोमा असर गर्ने भएकाले पनि फोक्सोमा क्यान्सर देखा पर्ने जोखिम हुन्छ ।

के हो फोक्सोको क्यान्सर ?

शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् । जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो। अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो ।

फोक्सोको क्यान्सर बनाउने कोषहरू अप्राकृतिक रुपमा बढ्न थाल्छन् र केही समयमै ऐजरूजस्तै पलाउन थाल्छ । त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन  । त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ। 

लक्षणहरू

खोकी लाग्नु : लामो समयदेखि सुक्खा अथवा खकार आउने खोकी लाग्छ ।

खकारमा रगत देखिनुः खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो। त्यसपछि क्यान्सर हो। क्यान्सर निको पार्न गाह्रो हुन्छ।  

दम बढ्नुः बिरामीलाई सास फेर्न गाह्रो हुनु र सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु।

तौल घट्नुः बिरामीहरूको तौल घट्नु  ।

छाती दुख्नुः छातीमा केही अप्ठ्यारो भएजस्तो महसुस हुनु ।

छातीको संक्रमणः लामो समयदेखि निमोनिया जस्ता रोग निको नहुनु ।

अन्य लक्षण : स्वर भासिनु, घाँटीमा गिर्खा आउनु, असामान्यरुपमा टाउको दुख्नु, बान्ता हुनु आदि निकै अघि बढेको रोगका लक्षण हुन्।   

उपचार

फोक्सोको क्यान्सरको उपचार अपरेसन हो। तर यस्तो प्रारम्भिक अवस्थामा फोक्सोको क्यान्सर धेरै भेट्टिदैनन्। फोक्सोको क्यान्सर उपचार खोज्ने बेलासम्म केही मात्रामा फैलिसकेका हुन्छन् ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल